Thaha

Saturday 21 September - 4:23 pm NST

बीसीसीआईको कार्यालयमा आक्रमण

काठमाडौं, २ कात्तिक । हिन्दुवादी शिवसेनाका कार्यकर्ताले भारतीय क्रिकेट काउन्सिल बीसीसीआईको कार्यालयमा आक्रमण गरेका छन् । भारतीय क्रिकेट काउन्सिलले भारत र पाकिस्तानबीच हुने क्रिकेट खेल फेरि सञ्चालन गर्ने योजना बनाएको भन्दै शिवसेनाका कार्यकर्ताले  मुम्बईमा रहेको बीसीसीआईको केन्द्रीय कार्यालयमा आक्रमण गरेका भारतीय संचार माध्यमले जनाएका छन् ।

पाकिस्तानी क्रिकेट बोर्ड प्रमुख शाहरकार खान र भारतीय क्रिकेट बोर्डका अध्यक्ष शशांक मनोहरबीच आगामी कार्यक्रम निर्धारण गर्न बैठक हुनुपूर्व आक्रमण भएको छ । सन् २००८ मा भएको मुम्बई आक्रमणपछि  भारत पाकिस्तानबीचको क्रिकेट पनि प्रभावित भएको छ ।