Thaha

Saturday 21 September - 4:48 pm NST

यू–१९ विश्वकप छनौटमा नेपालको तेस्रो जित, नेपाल फाईनलमा

काठमाण्डौ, २ कात्तिक । नेपाल मलेशियामा जारी १९ वर्ष मुनिको विश्वकप छनौट प्रतियोगिताको फाइनल चरणमा प्रवेश गरेको छ । किनरारा ओभल मैदानमा सोमवार अमेरिकालाई ६ विकेटले हराउँदै नेपालले फाइनल चरणमा स्थान पक्का गरेको हो । प्रतियोगितामा नेपालको यो लगातार तेस्रो जित हो । अब नेपालले बलियो प्रतिद्वन्द्वी आयरल्याण्डसँग बुधवार समूह चरणमा र विहीवार फाईनल खेल्नेछ ।  विहीवारको खेल जित्ने टोली अर्को वर्ष बंगलादेशमा हुने विश्वकपका लागि छनौट हुनेछ । सोमवार अमेरिकालाई हराउन नेपालले बलिङ र ब्याटिङ दुवैमा राम्रो प्रदर्शन ग¥यो ।

 १ सय ९ रनको लक्ष्य नेपालले १७ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि योगेन्द्र सिंह कार्कीले ४६ बलमा ११ चौका प्रहार गर्दै नटआउट ५३ रनको योगदान गरे । त्यस्तै सुनील धमलाले १७, सौरभ खनालले १६ र शंकर खनालले १२ रन जोडे । पहिले व्याटिङ गरेको अमेरिका नेपालको बलिङ सामू सस्तैमा धराशायी भयो । उसका सागर पटेलले ४४ रन बनाउनु बाहेक अरुले बिर्सनलायक प्रदर्शन गर्न सकेनन् ।

अमेरिकाको ब्याटिङ लाईन धराशायी पार्न,  प्रेम तामाङले ५ विकेट झारे । त्यस्तै १० ओभर बलिङ गरेका आरिफ शेखले ४ मेडन राख्दै ९ रन खर्चेर २ विकेट लिए । नेपालले छनौट प्रतियोगिताको पहिलो खेलमा पपुवा न्युगिनीलाई ९ विकेट, दोस्रो खेलमा युगाण्डालाई १ सय ७१ रनले पराजित गरेको थियो । समान ६ अंक अङक भएपनि नेपाल शीर्ष स्थानमा छ भने आयरल्याण्ड् दोस्रो स्थानमा छ ।