Thaha

Saturday 21 September - 4:26 pm NST

राष्ट्रिय लिग फुटवलको उपाधि थ्रीस्टारलाई

काठमाडौं, ३० असोज । राष्ट्रिय लिग फुटवलको पहिलो उपाधि थ्रीस्टार क्लबले जितेको छ । एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा भएको अन्तिम तथा निर्णायक खेलमा मनाङ मस्र्याङ्दीलाई २–० हराउँदै थ्रीस्टार राष्ट्रिय लिगेको पहिलो उपाधि चुम्न सफल भयो ।

जितसंगै थ्री स्टारले १ करोड पुरस्कार हात पारेको छ । नेपालमा हुने फुटबल खेलमा यो सबैभन्दा ठूलो नगद पुरस्कार हो । हार पछि मनाङ ३१ अंकका साथ तेस्रो हुँदै २५ लाख पायो भने उपविजेता नेपाल आर्मीले ५० लाख हात पार्यो । १६ खेलमा १० जित दर्ता गरेको थ्री स्टार ३५ अंक सहित शीर्ष स्थानमा रह्यो ।