Thaha

Saturday 21 September - 4:38 pm NST

उपाधिका लागि दुई महारथी भिड्दै

काठमाडौं, ३० असोज । राष्ट्रिय लीग फुटवलको उपाधिका लागि आज नेपाली फुटवल क्लवका चिपरिचित प्रतिद्धन्दी मनाङ मस्र्याङदी र थ्रीस्टार क्लव भिड्दै छन् । ललितपुरको सातदोवाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा खेल दिउँसो २ वजे सुरु हुनेछ । उपाधिका लागि थ्रीस्टारलाई बराबरी पर्याप्त हुनेछ भने मनाङलाई स्पष्ट जित आवस्यक छ ।

 

आजको खेलमा थ्रीस्टारसँग कप्तान सागर थापा र उपकप्तान सन्दिप राई हुने छैनन् । अन्तराष्ट्रिय खेल मिलेमतोको आरोपमा नेपाल पुलिसले उनिहरुलाई पक्राउ गरेको छ । सर्वाधिक ७ पटक लीग जितेको मनाङ र ४ पटक लीग जितेको थ्रीस्टार नेपाली फुटवल क्लवका सवैभन्दा सफल क्लव मानिन्छन् । पछिल्ला वर्ष घरेलु फुटवल उनिहरुको वरिपरि गुमिरहेको छ । थ्रीस्टारले पछिल्लो पटक २ हजार ६९ सालमा उपाधि जितेको थियो भने मनाङ २ हजार ७० सालमा जितेको थियो ।

 थ्रीस्टार ३२ अङकका साथ लीगको दोस्रो स्थानमा छ भने ३१ अङक जोडेको मनाङ तेस्रो स्थानमा छ । उपविजेता पक्का गर्दै लीग टुङग्याइसकेको विभागीय टिम नेपाल आर्मी ३३ अङका साथ शीर्ष स्थानमा छ ।  आजको खेलमा पराजित हुने टिम तेस्रो स्थानमा रहनेछ । उपाधि जित्ने टोलीले १ करोड हात पार्नेछ भने उपविजेताले ५० लाख र तेस्रो हुनेले टोलीले २५ लाखमा चित्त वुझाउँने छ ।।