Thaha

Sunday 28 April - 6:41 am NST

नाइजेरियाको मइदुगुरी शहरमा दुईवटा बम बिष्फोट

 


काठमाडौं, २९ असोज । नाइजेरियाको मइदुगुरी शहरमा दुईवटा बम बिष्फोट भएका छन् । बिष्फोटबाट भएको क्षति बारे आधिकारीक जानकारी आइनसकेको बीबीसीले जनाएको छ । तर, प्रत्यक्षदर्शीले भने केही   मारिएको बताएका छन् ।

घाइतेलाई उपचारकालागि अस्पताल पुर्याइएको छ । एक नाजेरियन अधिकारीले मस्जिदमा नमाज पढिरहेकाहरुलाई लक्षित गरि आक्रमण भएको बताएका छन् । आक्रमणको जिम्मा भने अहिले सम्म कुनै समुहले लिएको छैन । तर, नाइजेरियामा सक्रिय बिद्रोहि समुह बोको हरामले नै आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ ।