Thaha

Saturday 21 September - 4:36 pm NST

आर्मीको भिडण्त पुलिसँग


काठमाडौं, २९ असोज । राष्ट्रिय लीग फुटवलमा आज नेपाल आर्मी र नेपाल पुलिस क्लव भिड्दै छन । दुई विभागीय टिमको खेल  ललितपुरको सातदोवाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा दिउँसो साढे २ वजे सुरु हुनेछ । नेपाल आर्मीलाई उपाधि आशा जिवितै राख्नको लागि आजको खेलमा स्पष्ट जितको आवस्यकता छ । बराबरी या पराजयको नतिजाले आर्मी उपाधि होड्बाट वाहिरिने छ ।

३० अङकका साथ लीगको तेस्रो स्थानमा रहेको आर्मीले आजको खेल जितेमा, ३२ अङक साथ लीगको शीर्ष स्थानमा रहेको थ्रीस्टार र ३१ अङक साथ दोस्रो स्थानमा रहेको मनाङ दवावमा पर्नेछन  । उता १३ अङक सहित लीगको सातौ स्थानमा रहेको पुलिसलाई आजको नतिजाले कुनै फरक पार्ने छैन ।  । पुलिसले सातौ स्थानमा रहँदै लीग टुङग्याउने निश्चित भएको छ ।