Thaha

Saturday 21 September - 4:24 pm NST

एपिएफको भिडण्त झापासँग

काठमाडौं, २८ असोज । राष्ट्रिय लीग फुटबलमा आज झापा–११ र शसस्त्र प्रहरीको एपिएफ क्लबले प्रतिष्पर्धा गर्दैछन । उपाधि होड्बाट वाहिरिसकेकाले आजको खेल दुवै टोलीका लागि अङ्क तालिकामा सुधारका लागि मात्रै सीमीत हुनेछ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।

आजको खेलमा वराबरी खेलेपनि झापा चौथो स्थानमा यथावत रहनेछ भने पराजित भए पाचौं स्थानमा झर्नेछ । रोमाञ्चक मोडमा पुगेको लीगको उपाधि होडमा मनाङ मस्र्याङदी र थ्रीस्टार क्लव देखिएका छन भने दुवै टोलीलाई विभागीय टोली नेपाल आर्मीले पछ्याइरहेको छ । लिगमा ३२ अङकका साथ थ्रीस्टार शीर्ष स्थानमा छ भने १ अङकले पछि रहेको मनाङ दोस्रो स्थानमा छ ।

तेस्रो स्थानमा रहेको नेपाल आर्मीको ३० अङक छ । अब सवै टोलीले समान एक एक खेल्न बाँकी छ । आर्मीको भीडन्त नेपाल पुलिससँग हुँदा, मनाङ र थ्रीस्टार आमने सामने हुनेछन् ।