Thaha

Saturday 21 September - 4:36 pm NST

विश्वकप छनौटमा नेपालको विजयी सुरुवात, पपुवा न्युगिनी ९ विकेटले पराजित

काठमाडौं, २८ असोज । १९ वर्षमुनिको नेपाली युवा क्रिकेट टोलीले विश्वकप छनौटमा विजयी सुरुवात गरेको छ ।  आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई ९ विकेटले पराजित गर्दै सानदार जित हात पारेको हो ।

मलेशियाको क्वालालम्पुरमा नेपालले टस जितेर पपुवा न्युगिनीलाई व्याटिङको निम्तो दिएपछि, व्याटिङ गर्न आएको पपुवा न्युगिनी २८ दशमलव २ ओभरमा ४८ रनमा समेट्यिो । नेपाली बलर सामु पपुवा न्युगिनीका व्याट्सम्यान निरिह देखिए ।

पपुवा न्युगिनीको व्याटिङ लाइन धराशयी पार्ने क्रममा नेपालका सुनिल धमलाले १० ओभर वलिङ गर्दै १५ रन खर्चेर ५ विकेट लिए  । त्यस्तै आरिफ शेखले ३ र सुसील कँडेलले एक विकेट लिए । ४९ रनको झिनो लक्ष्य पछ्याएर जवाफी व्याटिङ थालेको नेपालले ९ दशमलव १ ओभरमा १ विकेट गुमाएर भट्टायो । नेपालका लागि सुनिल धमलाले नटआउट २४ र योगेन्द्र सिंह कार्कीले १६ रनको योगदान दिए । त्यस्तै सन्दिप सुनार ४ रनमा आउट भए ।।