Thaha

Saturday 21 September - 4:42 pm NST

फिक्सिङको आरोपमा कप्तान सागर थापासहित ४ खेलाडी पक्राउ

काठमाण्डौं, २७ असोज । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहित चार खेलाडि र प्रशिक्षक अञ्जन केसी  म्याच फिक्सिङको आरोपमा पक्राउ परेका छन् ।

कप्तान थापासहित राष्ट्रिय टिमका खेलाडीहरु विकाससिंह क्षेत्री, रितेश थापा र सन्दीप राईलाई महानगरीय अपराध महाशाखाको टोलीले आज थापाथली क्षेत्रबाट पक्राउ गरेको हो । नेपाली खेलाडीले अफगानिस्तान, कीर्गिस्तान, जोर्डन, बंगलादेश लगायत सितको खेलमा उनीहरुले म्याच फिक्सिङ गरेको पाइएको महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताउनुभयो ।

नेपाली खेलाडीले २०११ मा भएको विश्वकप छनौटदेखि नै म्याच फिक्सिङ गर्दै आएको आशँका गरिदै आएको छ । राष्ट्रिय र अन्तराष्ट्रिय खेलमा म्याच फिक्सिङ गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताउनुभयो ।

पक्राउ परेका कप्तान थापा थ्रीस्टार क्लबका समेत कप्तान हुन् । यस्तैगरी रितेश विभागीय टीम नेपाल पुलिसका गोलकिपर पनि हुन् भने विकास मनाङका, थापा र राई थ्रीस्टारका खेलाडी समेत हुन् । प्रशिक्षक केसी थ्रीस्टारका पूर्व प्रशिक्षक पनि  हुन् ।