Thaha

Saturday 21 September - 4:19 pm NST

मनाङको महत्वपुर्ण खेल आज

काठमाडौं, २७ असोज । राष्ट्रिय लीग फुटवलमा आज उपाधि दावेदार मनाङ मस्र्याङदीले नेपाल पुलिस क्लवको सामना गर्दैछ । ललितपुरको सातदोवाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा खेल दिउँसो साढे २ वजे सुरु हुनेछ । मनाङलाई आजको खेल उपाधिको आशा जिवितै राख्नका लागि जित्नै पर्ने दवाव छ । साविक विजेता मनाङ आजको खेलमा पराजित भए उपाधि होड्बाट वाहिरिनेछ ।

१४ खेलबाट २८ अकं जोडेको मनाङ लीगको तेस्रो स्थानमा  छ । लीगमा १५ खेलबाट ३२ अकं जोडेको थ्रीस्टार शीर्ष स्थानमा  छ । मनाङले आजको खेलमा जित हात पारे, थ्रीस्टार विरुद्धको अन्तिम खेलले उपाधिको छिनोफानो लगाउँनेछ । अन्तिम खेलमा थ्रीस्टार र मनाङले बरावरी खेले ३० अकंका साथ लीगको दोस्रो स्थानमा रहेको नेपाल आर्मीले उपाधि जित्ने सम्भावना पनि रहनेछ । त्यसका लागि आर्मीले आफ्नो अन्तिम खेलमा नेपाल पुलिस क्लवलाई पराजित गर्नु पर्नेहुन्छ ।