Thaha

Saturday 21 September - 4:24 pm NST

जर्मनी युरोकपमा छनौट

काठमाडौं, २५ असोज । विश्व विजेता जर्मनी युरोकप फुटवल प्रतियोगितामा छनौट भएको छ । गएराती भएको खेलमा जर्जियालाई २–१ गोल अन्तरले हराउँदै जर्मनीले आगामी वर्ष फ्रान्समा हुने युरोकपमा स्थान सुरक्षित गरेको हो । समूह डि मा रहेको जर्मनी,  जितपछि २२ अकंका साथ शीर्ष स्थानमा रहँदै छनौट चरण पार्न गर्न सफल भयो ।

जर्मनीलाई युरोकपमा पु¥याउन वार्यन म्युनिखका स्ट्राइकर थोमस मुलर र वल्फवर्गका म्याक्स कुर्सेले गोल गरे । जर्जियका जाबा कान्भाले सान्त्वना गोल फर्काएका थिए । त्यस्तै समुह डि मै भएको अर्को खेलमा आयरल्याण्ड्लाई १ का विरुद्ध २ गोलले पराजित गर्दै पोल्याण्ड्ले पनि युरोकपमा स्थान वनाएको छ  ।