Thaha

Saturday 21 September - 4:27 pm NST

मनाङको चुनौती मोरङ


काठमाडौं, २४ असोज । राष्ट्रिय लीग फुटवलमा आज उपाधि दावेदार मनाङ मस्र्याङदीले मोरङ फुटवल क्लवको सामना गर्दैछ । ललितपुरको सातदोवाटोमा रहेको एन्फा कम्प्लेक्समा खेल दिउँसो साढें ३ वजे सुरु हुनेछ । आजको खेल मनाङका लागि उपाधि यात्रा जिवितै राख्नका लागि निकै महत्वपुर्ण छ ।

१३ खेलबाट २५ अकं जोडेको मनाङ लीगको तेस्रो स्थानमा छ । उता मोरङ फुटवल क्लव भने लीगमा अहिले सम्म एक खेल पनि जित्न सकेको छैन । १५ खेलबाट ७ अकं जोडेको मोरङ लीगको पुछारमा रहेको छ ।

लीग अन्र्तगत अहिले केहि वेरपछि शसस्त्र प्रहरीको एपिएफ क्लवले सुदुरपश्चिम फुटबल क्लवको सामना गर्दैछ । १३ खेलबाट २३ अकं जोडेको एपिएफ पाचौ स्थानमा छ एपिएफ भन्दा दुई खेल बढि खेलेको सुदुर १७ अकंका साथ छैठौं स्थानमा छ ।।