Thaha

Saturday 21 September - 4:50 pm NST

युरोकपमा इटली छनौट, नेदरल्याण्ड्को सम्भावना न्युन

काठमाडौं, २४ असोज ।  प्रतियोगितामा छनौट भएको छ । गएराति भएको खेलमा अजरबैजानलाई ३–१ गोल अन्तरले पराजित गर्दै इटलीले अर्को वर्ष फ्रान्समा हुने युरोकपको टिकेट निश्चित गरेको हो  ।

जितसँगै इटली २१ अंकका साथ समूह एच को शीर्ष स्थानमा यथावत छ  । गएराती समुह एचमा भएका अन्य खेलमा नर्वेले माल्टालाई २–० ले र क्रोएसियाले बुल्गेरियालाई ३–० गोलले पराजित ग¥यो ।

जितसँगै नर्वे १९ अंकसहित दोस्रो र क्रोएसिया १७ अंकसहित तेस्रो स्थानमा छ । अब अन्तिम खेलले युरो कपका लागि छनोट हुने दोस्रो टोलीको टुंगो लाग्नेछ । उता समुह ए मा भएको खेलमा नेदरल्याण्ड्ले काजकिस्तान र टर्किले चेक गणतन्त्रलाई समान २–० गोलले पराजित गरेका छन  । टर्किको जितले नेदरल्याण्ड् युरोकप छनौटबाट वाहिरिने सम्भावना वलियो वनेको छ ।