Thaha

Saturday 21 September - 4:40 pm NST

उपाधि दावेदार थ्रिस्टार र झापा–११ भिड्दै

काठामाडौं, २३ असोज । राष्ट्रिय लीग फुटवलमा आज दुई उपाधि दावेदार थ्रिस्टार र झापा–११ भिड्दैछन । ललितपुरको सातदोवाटोमा रहेको एन्फा कम्प्लेक्समा खेल साढे २ वजे सुरु हुनेछ ।

थ्रीस्टार र झापाको खेल निकै प्रष्पिर्धात्मक हुने अनुमान गरिएको छ । आजको खेललाई लीगको सवै भन्दा महत्वपुर्ण खेलको रुपमा समेत लिइएको छ ।

झापालाई उपाधि यात्रा कायमै राख्न आजको खेल जित्नै पर्ने दवाव छ यदि झापा पराजित भए उपाधि होड्बाट वाहिरिने छ ।  १३ खेलबाट २६ अकं जोडको थ्रीस्टार दोस्रो स्थानमा छ भने एक खेल बढि खेलेको झापा २४ अकंका साथ चौथो स्थानमा   छ ।

१४ खेलबाट २७ अकं जोडेको विभागिय टोली नेपाल आर्मी लीगको शीर्ष स्थानमा छ भने एक खेल कम खेलेकोे साविक विजेता मनाङ मस्र्याङदी २५ अकंका साथ तेस्रो स्थानमा छ ।