Thaha

Saturday 21 September - 4:24 pm NST

स्पेन र स्विटजरल्याण्ड् युरोकपमा छनौट

काठमाडौं, २३ असोज । गत संस्करणको च्याम्पियन स्पेन युरोकप फुटवल प्रतियोगितामा छनौट भएको छ । गएराति भएको खेलमा लक्जेमजवर्गलाई ४–० गोलले पराजित गर्दै पुर्व विश्व विजेता स्पेनले युरोकपको यात्रा निश्चित गरेको हो ।

स्पेनलाई खेलमा विजयी वनाउन आर्सनलका मिडफिल्डर सान्टी क्याजोलाले र भ्यालेन्सीयाका स्ट्राइकर पेको अल्कासरले समान दुई दुई गोल गरे ।

छनौट चरणको समुह सि मा रहेको स्पेन जितपछि २४ अकंका साथ शीर्ष स्थानमा कायमै छ ।  गोल अन्तरका आधारमा दोस्रो र तेस्रो स्थानमा रहेका स्लोभाकिया र युक्रेनको समान १९ अकं रहेको छ । त्यस्तै सानमारिनोलाई ७–० गोलको फराकिलो अन्तरले हराउँदै स्विटजरल्याण्ड्ले पनि युरोकपमा आफ्नो स्थान पक्का गरेको छ ।