Thaha

Saturday 21 September - 2:23 pm NST

आर्मीको शान लिगको शीर्ष स्थानमा


काठमाडौं, २२ असोज । नेपाल आर्मी राष्ट्रिय लिग फूटबलको शीर्ष स्थानमा पुगेको छ । आज भएको खेलमा सुदुरपश्चिम फुटवल क्लवलाई शून्यका विरुद्ध सात गोलले हराउँदै आर्मीले उपाधि होड बलियो बनाएको हो ।

आर्मीले १४ खेलबाट २७ अंक जोडेको छ । आर्मीले पहिलो हाफमा २ र दोस्रो हाफमा पाँच गोल गर्यो । आर्मीका लागि नवयुग श्रेष्ठले दुई, भरत खवास, टंक बस्नेत, दीप लामा, टेकबहादुर बुढाथोकी र राजु तामाङले एक एक गोल गरे ।

दोस्रो स्थानमा रहेको थ्री स्टारको २६, तेस्रो स्थानमा रहेको मनाङको २५ अंक छ ।