Thaha

Saturday 21 September - 2:28 pm NST

एपिएफ लिगको तेस्रो स्थानमा


काठमाडौं, २१ असोज । राष्ट्रिय लीग फुटवलमा शसस्त्र प्रहरीको एपिएफ क्लव लीगको तेस्रो स्थानमा उक्लिएको छ । ललितपुरको सातदोवाटोमा रहेको एन्फा कम्प्लेक्समा आज भएको खेलमा विभागिय टोली एपिएफले मोफसलको टोली लुम्विनीलाई ५–१ फराकिलो अन्तरले हराउँदै उपाधि यात्रा जिवित राख्न सफल भएको छ । जितसँगै एपिएफले २३ अकं जोडेको छ ।

एपिएफका लागि गणेश लावतीले ह्याट्रिक पुरा गरे भने स्याम नेपाली र सन्तोष श्रेष्ठले एक एक गोल थपे । लावतीको जारी लीगमा दोस्रो ह्याट्रिक हो । यसअघि उनले मोरङ विरुद्धको खेलमा ह्याट्रिक पुरा गरेका थिए ।  लुम्विनीका लागि सुमन हमाल सान्त्वना गोल फर्काएका थिए । लीगमा शीर्ष स्थानमा रहेको थ्रीस्टारको २६ अकं छ भने दोस्रो स्थानको मनाङको २५ अकं छ ।।