Thaha

Saturday 21 September - 2:19 pm NST

एपिएफ र लुम्विनी भिड्दै


काठमाडौं, २१ असोज । राष्ट्रिय लीग फुटवलमा आज एपिएफ र लुम्विनी फुटवल क्लवबीच प्रतिस्पर्धा हुने भएको छ । ललितपुरको सातदोवाटोमा रहेको एन्फा कम्प्लेक्समा खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । एपिएफलाई उपाधि यात्रा जिवितै राख्न आजको खेल जित्ने पर्ने दवाव छ ।

१२ खेलबाट २० अकं जोेडेको एपिएफ लीगको पाचौं स्थानमा छ भने १४ खेलबाट ८ अकं जोडेको लुम्विनी आठौ स्थानमा छ । लुम्विनी यसअघि नै उपाधि होड्वाट वाहिरीसकेको छ । लीगमा १३ खेलबाट २६ अकं जोडेको थ्रीस्टार शीर्ष स्थानमा छ भने समान खेलबाट २५ अकं बटुलेको मनाङ दोस्रो स्थानमा छ ।

उपाधी होड्मा अगाडी देखिएका मनाङ र थ्रीस्टरले अव लीगमा समान तिन–तिन खेल खेल्नेछन । लीगको अन्तिम खेलमा दुवै टिम आमनेसामने हुनेछन । २ खेलमा मनाङले मोरङ र पुलिसको सामना गर्दा , थ्रीस्टारले झापा र एपीएफ जस्ता बलिया टोलीको सामना गर्नेछ ।