Thaha

Saturday 21 September - 2:21 pm NST

मनाङसामु झापा निरिह

काठमाडौं, २० असोज । राष्ट्रिय लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लबले उपाधि होड बलियो बनाउँदै लगेको छ । आज भएको खेलमा झापा ११ लाई ३–२ ले हराउँदै मनाङ लिगको दोस्रो स्थानमा उक्लेको छ । जितसँगै मनाङको १३ खेलबाट २५ अंक भएको छ ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा  मनाङलाई जिताउन विशाल राई बी, दीपक राई र अनिल गुरुङले गोल गरे ।

झापाको तर्फबाट कर्ण लिम्बु र योगेश गुरुङले गोल फर्काएका थिए ।  खेलको अन्तिम समयमा अनिलले निर्णायक गोल गरे । अव मनाङले लीगमा मोरङ, नेपाल पुलिस र थ्रीस्टार क्लवको सामना गर्नेछ ।

२६ अकंका साथ लीगको शीर्ष स्थानमा रहेको थ्रीस्टारले अव झापा, एपीएफ जस्ता बलिया टोलीको सामना गर्नेछ । १४  खेल खेलिसकेको झापा आजको हारपछि २४ अकका साथ लिगको चौथो स्थानमा झरेको छ ।