Thaha

Saturday 21 September - 2:29 pm NST

मनाङविरुद्ध झापा भिड्दै


काठमाडौं, २० असोज । राष्ट्रिय लीग फुटबलमा आज उपाधि दावेदार मनाङ मस्र्याङदी र झापा–११ बीच प्रतिस्पर्धा हुँदैछ । ललितपुरको सातदोवाटोमा रहेको एन्फा कम्प्लेक्समा खेल दिउँसो साढे २ वजे सुरु हुनेछ ।

आजको खेल  दुवै टोलीका लागि निकै महत्वपुर्ण छ । आजको खेल जित्ने टोलीले उपाधि यात्रालाई वलियो वनाउने छ भने, पराजित टोलीको यात्रा फितोलो हुनेछ । उपाधि यात्रालाई जोगाउनका लागि दुवै टोली नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छन ।

आज खेलमा मनाङलाई समर्थक र मैदानको अनुभव रहनेछ तर मोफसलको टोली झापा–११ लाई भने पहिलो पटक एन्फा मैदानमा उत्रन पक्कै सहज हुनेछैन । लीगमा १३ खेलबाट २४ अकं जोडेको झापा तेस्रो स्थानमा छ भने झापा भन्दा एक खेल कम खेलेको मनाङ २२ अकंका साथ चौथो स्थानमा छ । त्यस्तै १३ खेलबाट २६ अंक जोडेको थ्रीस्टार लीगको शीर्ष स्थानमा छ ।