Thaha

Sunday 15 March - 5:16 pm NST

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक दसानायकेद्धारा पदबाट राजीनामा

काठमाडौं, १९ असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दाशानायकेले पदबाट राजीनामा दिनुभएको छ । दाशानायकेले आज नेपाल क्रिकेट संघ क्यानका कार्यबाहक महासचिव उत्तम कर्माचार्यलाई पत्र बुझाउँदै आगामी नोभेम्बरमा यूएईको अबुधावीमा हुने पपुवान्यूगिनी विरुद्धको विश्व क्रिकेट लिग च्याम्पियनसिपको एकदिवसीय खेलसम्म मात्र प्रशिक्षक रहने जानकारी गराउनुभएको हो ।

सन् २०११ देखी नेपाली राष्ट्रिय टोलीका प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आउनुभएका दाशानायकेले आजमात्रै आफ्नो फेसबुकमार्फत कप्तान पारस खड्कालाई कारवाही गरिएको प्रति असन्तुष्टि जनाउनुभएको थियो ।

क्यानले भने दाशानायकेले राजीनामा पत्र नदिएको र पपूवान्यूगिनीविरुद्धको खेलसम्ममात्र जिम्मेवारी निर्वाह गर्ने जानकारी गराएको जनाएको छ । दाशानायकेको प्रशिक्षणमै नेपालले विश्व टि—ट्वेन्टि खेल्ने अवसर पाएको थियो । उहाँकै प्रशिक्षणमा रहेर नेपाली क्रिकेट टोली अहिले डिभिजन २ मा खेलिरहेको छ ।