Thaha

Saturday 21 September - 2:21 pm NST

१९ वर्षमुनिको ए.एफ.सी च्याम्पियनसीप छनोटबाट नेपाल वाहिरियो

काठमाडौं, १९ असोज । १९ वर्षमुनिको ए.एफ.सी च्याम्पियनसीप छनोट प्रतियोगितावाट नेपाल बाहिरिएको छ ।  इरानको मसादमा रहेको सामेन अल एम रङ्गशालामा भएको समुहको आफ्नो अन्तिम खेलमा नेपाल जोर्डनसँग ३–० गोलले पराजित भएसँगै ए.एफ.सी च्याम्पियनसीप खेल्ने सपना तुहिएको हो ।

खेलमा जोर्डनले ७ मिनेटमा अग्रता लिन सफल भयो । १४ मिनेटमा अर्को गोल गर्दै थप्दै जोर्डनले अग्रतालाई दोब्बर पा¥यो ।  नेपालले तेस्रो गोल खेलको अन्तिममा खायो । यसअघि नेपालले आयोजक देश इरानसँग शुन्यका विरुद्ध १० गोलको अकल्पनीय हार बेहोरेको थियो ।

तर कुवेत विरुद्धको दोस्रो खेलमा भने नेपालले सम्मानजनक प्रदर्शन गर्दै एक एक गोलको वरावरी खेलेको थियो ।।