Thaha

Saturday 21 September - 2:30 pm NST

नेपाल र जोर्डन भिड्दै


काठमाडौं, १९ असोज । १९ वर्षमुनिको ए.एफ.सी च्याम्पियनसिप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेल आज जोर्डनको सामाना गर्दैछ । इरानको मसादमा रहेको सामेन अल एम रङ्गशालामा साँझ सवा ६ बजे पछि शुरु हुनेछ ।

प्रतियोगितामा नेपालको अघिल्लो चरणको प्रवेशको सम्भावना कम्जोर हँुदै गएको छ । आजको खेलमा नेपालले जोर्डनलाई पराजित गरेमा र समुहको अर्को खेलमा कुबेतले इरानलाई हराए मात्रै नेपाल समुहको उपबिजेता बन्नेछ । जारी प्रतियोगितामा नेपालले एक खेलमा हार र एकमा  बराबरी खेलेको छ । नेपालले पहिलो खेलमा आयोजक इरानसँग १०–०  को अप्रत्याशित हार बेहोरेका कारण नेपालको आगामी वर्ष बहराइनमा हुने च्याम्पियनसिप खेल्ने सम्भावना कम भएको हो ।

त्यस्तै, कुबेतसँगको दोस्रो खेल १–१ को गोलको बराबरीमा टुङ्गिएको थियो । प्रतियोगितामा जोर्डनले भने राम्रो प्रदर्शन गर्न सकेको छैन । दुई खेल खेलेको जोर्डनले दुवै खेलमा हार बेहोरेको छ । समूह ‘ई’ अन्तर्गत चार टोली सम्मिलित प्रतियोगितामा नेपाल एक अङ्कका साथ लिगको तेस्रो स्थानमा छ भने आयोजक इरान ६ अङ्क जोड्दै लिगको पहिलो स्थानमा छ । त्यसैगरी, कुवेत चार अङ्कका साथ लिगको दोस्रो स्थानमा छ ।

एसियाका राष्ट्रलाई विभिन्न १० समूहमा विभाजन गरिएको प्रतियोगितामा समूहको विजेता, उपविजेतामध्ये शीर्ष पाँचभित्र पर्ने टोली र आयोजक बहराइन गरी १६ टोलीले आगामी वर्ष बहराइनमा हुने एएफसी च्याम्पियनसिप खेल्न पाउनेछन् ।