Thaha

Sunday 28 April - 3:45 am NST

इराकमा भएको श्रृंखलाबद्ध बम आक्रमणमा ६३ जना मारिए, २५ जना घाइते

काठमाडौं, १९ असोज । इराकमा भएको श्रृंखलाबद्ध बम आक्रमणमा ६३ जना मारिएका छन् । त्यहाको दियाला प्रान्तमा भएको पहिलो धमाकामा ४० जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । यो आक्रमणको जिम्बेवारी बिद्रोहि समुह स्लामिक स्टेट आइ एसले लिएको छ ।

यस्तै जैबुर कास्बिरमा भएको अर्को आक्रमणमा १० जनाको मृत्यु भएको छ । यस्तै तेस्रो पटक भएको अर्को बम आक्रमणमा १३ जना मारिएको बीबीसीले लेखेको छ । राजधानी बग्दादमा भएको अझो आक्रमणमा २५ जना घाइते भएका छन्

तर १० जनाको मृत्यु हुनेगरि भएको दोस्रो आक्रमणको जिम्बेवारी भने कसैले लिएको छैन ।