Thaha

Saturday 21 September - 2:26 pm NST

मनाङद्धारा एपिएफ पराजित


काठमाडौं, १८ असोज । राष्ट्रिय लिग फुटबमा उपाधि दावेदार मनाङ मस्र्याङ्दीले सशस्त्र प्रहरी बलको एपिएफ क्लवलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्स ललितपुर सातदोवाटोमा भएको खेलमा मनाङले एपिएफलाई शुन्यका विरुद्ध एक गोलले हराउँदै लिगको चौथो स्थानमा उक्लिएको छ ।

खेलको अन्तिम समयमा रुपेश केसीको गोल मार्फत मनाङले महत्वपुर्ण तीन अंक जोड्न सफल भयो । जितपछि मनाङको  १२ खेलबाट २२ अंक छ भने पराजित एपिएफ समान खेलबाट २० अंक सहित पांचौ स्थानमा झरेको छ । शीर्ष स्थानमा रहेको थ्रीस्टारले १३ खेलबाट २६ अंक जोडेको छ भने दोस्रो स्थानको आर्मीको २४ अंक छ ।

समान २४ अंक भएपनि गोल अन्तरका आधारमा झापा–११ तेस्रो स्थानमा छ ।