हिलारी म्याराथनको उपाधि नेपाल आर्मीका भीम गुरुङ्लाई
युवास तामाङ ।
नाम्चे सोलुखुम्वु , १८ असोज । तेन्जिङ हिलारी म्याराथन २०१५ को उपाधि नेपाल आर्मीका भीम गुरुङ्ले जितेका छन् । हिमालयन एक्सपीडीसन प्रा।लिको आयोजनामा आज भएको म्याराथनमा गुरुङले ४२ किलो मिटरको दुरी ४ घण्टा १ मिनेट १८ सेकेन्डमा पुरा गरेर उपाधि जितेका हुन् । आर्मीकै सुरेन्द्र बस्नेत दोस्रो भएका छन् भने लुक्ला फ्रेन्डसिप क्लबका पासाङ शेर्पा तेस्रो भएका छन् ।
महिला तर्फ सोलुखुम्बु थामेकी आङ दामी शेर्पा पहिलो, दावा डोमा शेर्पा दोस्रो भइन, भने सोलुखुम्बुकै निर कला राइ तेस्रो भइन । बिदेशी पुरुष तर्फ पोल्याण्डका रोबर्ड सेलिन्सकीले उपाधि जितेका छन् भने महिलतर्फ अमेरिकी एनड्रोलिया पहिलो भइन ।
सगमाथा आधार शिबिर, तेङबोचे हुदै नाम्चे बजारको चौउरक्याम्प सम्म भएको म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई १ लाख, ७५ हजार, ५० हजार र ३० हजार नगदसहित सहित प्रमाण पत्र तथा मेडल प्रदान गरिएको छ ।