Thaha

Saturday 21 September - 2:23 pm NST

मनाङ र एपिएफ भिड्दै, दुवै टोली जितको खोजिमा


काठमाडौं, १८ असोज । राष्ट्रिय लीग फुटबमा आज दुई उपाधि दावेदार टोली मनाङ मस्र्याङ्दी र सशस्त्र प्रहरी बलको एपिएफ क्लव भिड्दै छन । ललितपुरको सातदोवाटोमा रहेको एन्फा कम्प्लेक्समा खेल दिउँसो साढे २ वजे सुरु हुनेछ । लीगको उपाधि दावेदारी रोचक बन्दै गएको अवस्थामा आजको खेललाई निकै महत्वका साथ हेरिएको छ ।

उपाधि होडलाई जिवित राख्न दुबै टोलीलाई आजको खेल आफ्नो पक्षमा पार्नुपर्ने दबाब छ । ११ खेल खेलको मनाङ १९ अकंका साथ लीगको पाचौ स्थानमा छ भने समान खेल खेलेको एपिएफ २० अकंका साथ चौथो स्थानमा छ ।