Thaha

Sunday 28 April - 6:09 pm NST

फ्रान्समा भिषण वाढी, १६ जनाको मृत्यू


काठमाडौं, १७ असोज । भारी वर्षाको पछिको बाढीमा परी फ्रान्समा १६ जनाको मृत्यू भएको छ । २ घण्टाको लगातार वर्षापछि भीषण बाढी आएको हो ।  दक्षिण पूर्वी फ्रान्समा बाढीमा परेर ६ जना बेपत्ता भएका छन् ।  बाढीका कारण यातायात र विजुली आपुर्ति ठप्प भएका छन ।

झण्डै २७ हजार घर विजुली विहिन भएको बीबीसीले जनाएको छ ।  फ्रान्सका विभिन्न नदीमा पानीको वहाव बढेपछि सचेत रहन आम नागरिकलाई सरकारले अपील गरेको छ । प्रधानमन्त्री फांस्वा होलान्डेले राहत र उद्धारका लागि निर्देशन दिनु भएको समाचारमा उल्लेख छ ।