Thaha

Saturday 21 September - 2:30 pm NST

मोरङमाथी आर्मीको फराकिलो जित


काठमाडौं, १७ असोज । राष्ट्रिय लीग फुटवलमा नेपाल आर्मीले उपाधि होडलाई वलियो वनाएको छ । ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा मोरङ फुटवल क्लवलाई सात शुन्य  गोलको फराकिलो अन्तरले पराजित गर्दै आर्मी लीगको शीर्ष स्थानमा उक्लिएको छ ।

जितपछि आर्मी र झापा–११ को समान २४ अंक भएको छ । गोल अन्तरका आधारमा विभागीय टोली आर्मी शीर्ष स्थानमा उक्लिएको हो भने झापा–११, दोस्रो स्थानमा झरेको हो । आर्मीलाई शानदार जित दिलाउने क्रममा नवयुग श्रेष्ठले ह्याट्रिक पुरा गरे ।

त्यस्तै भरत खवासले दुई, टंक वस्नेत र टोप बहादुर बुढाथोकीले एक एक गोल गरे । हारपछि मोरङ ६ अकं सहित लीगको पुछारमा यथावत छ ।