Thaha

Saturday 21 September - 2:19 pm NST

नेपाल र कुवेत भिड्दै

काठमाडौं,१७ असोज । १९ वर्ष मुनिको एशियन च्याम्पियनसिप छनौटकोे दोस्रो खेलमा आज नेपालले कुवेतसँग प्रतिष्पर्धा गर्दैछ । इरानको समेन अल एमेह रगंशालामा खेल नेपाली समय अनुसार बेलुकी ६ वजे सुरु हुनेछ ।

पहिलो खेलमा इरानसँग दश शुन्यको भारी अन्तरको हार व्यहोरेको नेपाललाई छनौट चरणको झिनो सम्भावनालाई जिवितै राख्न आजको खेल जित्नै पर्ने दवाव छ । इरानसँगको पराजयसँगै नेपालको विजेता र उत्कृष्ट उपविजेता वन्दै च्याम्पियनसिप खेल्ने सम्भावना मुस्किल वनेको हो ।

समुह इ मा रहेको नेपाल अंक तालिकाको पुछारमा  छ ।