Thaha

Sunday 28 April - 4:55 am NST

ग्वाटेमालामा पहिरोमा पुरिएर कम्तिमा ९ जनाको मृत्यु


काठमाडौं, १६ असोज । ग्वाटेमालामा पहिरोमा पुरिएर कम्तिमा ९ जनाको मृत्यु भएकोे छ । अरु ६ सय भन्दा धेरै हराइरहेका छन् । ग्वाटेमाला सिटीको दक्षिणपूर्वी क्षेत्र सान्टा कटरिना पिनुलामा लगातारको वर्षासँगै गएको पहिरोले एक सय २५ घर पुरेको चिनिया समाचर सस्था सिन्ह्राले जनाएको छ ।

राजधानी ग्वाटेमालाको बाहिरी क्षेत्रमा गएको पहिरोमा परी हराइरहेकाको खोजी तथा उद्धारमा सयौं उद्धारकर्मी खटिएको त्यहाँको आपदकालिन सेवा विभागले जनाएको छ ।