Thaha

Saturday 18 May - 12:28 am NST

भारतविरुद्धको पहिलो टि–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी


काठमाडौं, १६ असोज । भारत र दक्षिण अफ्रिकाबीचको टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिका ७ विकेटले विजयी भएको छ । पहिला व्याटिङ गरेको भारतले पुरै २० ओभर खेल्दै १ सय ९९ रन जोडेको थियो ।

जवाफि व्याटिङ गरेको दक्षिण अफ्रिकाले २ बल बाँकी हुँदा ३ विकेटको क्षतिमा लक्ष्य भेटायो । भारतको लागि रोहित सर्माले सर्बाधिक १ सय ६ रनको योग्दान गरे । बिराट कोहलीले ४३, महेन्द्रसिह ध्वनीले २०, सुरेश रैनाले १४ बाहेक अन्य खेलाडीले दोहोरो अकंको रन जोड्न सकेनन् ।

दक्षिण अफ्रिकाको जितमा जेपी ड्युमिनिले सर्बाधिक ६८ रनको योग्दान गरे ।यस्तै एभि डेभिलियर्सले ५१, हासिम अमालले ३६ र फारहान बेर्डेनले ३२ जोडे । हार पछि भारतीय कप्तान महेन्द्रसिह ध्वनीले अम्पायरको गलत निर्णयको सिकार हुनु परेको बताएका छन् । दक्षिण अफ्रिका डुयुमिनीको शन्र्दभमा अम्पायरले गलत निर्णय गर्दा खेल उसको पक्षकमा गएको ध्वनीले आरोप लगाएका छन् ।