Thaha

Friday 17 May - 6:55 pm NST

एपिएफले पुलिसलाई हरायो


काठमाडौं, १५ असोज । राष्ट्रिय लिग फुटवलमा शसस्त्र प्रहरीको एपीएफ क्लवले पुलिसलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दुई विभागीय टोलीबीचको खेलमा एपिएफले पुलिसलाई  शून्यका विरुद्ध तीन गोलले हरायो ।

जितसँगै २० अकंका साथ लिगको चौथो स्थानमा उक्लिएको छ । एपीएफका लागि दुई गोल टोप बहादुर बिष्टले र एक गोल कप्तान गणेश लावतीले गरे  । जितसँगै एपीएफले लिगमा उपाधिको दावेदारीलाई बलियो बनाएको छ । उपाधि होडबाट पहिले नै बाहिरिएको पुलिस हारपछि १३ खेलबाट १२ अंकका साथ लिगको पुछारदेखि तेस्रो स्थानमा यथावत छ ।

लिगमा १३ खेल खेलेको झापा  २४ अङक जोड्दै शीर्ष स्थानमा छ । त्यस्तै झापा भन्दा एक खेल कम खेलेको थ्रिस्टार २३ अङक र आर्मी २१ का अंकका साथ लिगको दोस्रो र तेस्रो स्थानमा छन ।