Thaha

Sunday 28 April - 4:11 pm NST

अफगानिस्तानमा अमेरिकी सेनाको विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

काठमाडौं, १५ असोज । अफगानिस्तानमा अमेरिकी सेनाको विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । अमेरिकी सेना सवार सि–१३० बिमान अफगानिस्तानको जलालाबाद विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा मृत्यु हुनेमा ६ जना अमेरिकन सेना र अरु पाँज जना सेनाका सहयोगी रहेको बीबीसीले जनाएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको अमेरिकन अधिकारीहरुले जनाएका छन् । विमान सेनालाई आवश्यक पर्ने सहयोगी आवत जावतमा प्रयोग हुने गरेको थियो । यसअघि सन् २०१५ को शुरुमा अफगानिस्तानमा नै अमेरिकी सेनाको विमान दुर्घटना हुँदा १ सय ४० जनाको मृत्यु भएको थियो ।