Thaha

Friday 17 May - 9:40 pm NST

नेपाल र इरान भिड्दै

काठमाडौं, १५ असोज । १९ वर्षमुनीको एशियन फुटवल च्याम्पियन्सीपको छनौट खेलमा आज नेपालले आयोजक इरानको सामना गर्दैछ  । मसाद सहरको अल एम रगंशालमा खेल नेपाली समय अनुसार राती सवा नौ वजे सुरु हुनेछ ।

अन्तर्राष्ट्रिय फुटवल महासंघले हिजो मात्र सार्वजनिक गरेको विश्व वरियतामा इरान ३९ र नेपाल १ सय ९० औ स्थानमा छन । तुलनात्मक रुपमा नेपाल भन्दा इरान वलियो मानिएपनि पछिल्ला वर्ष नेपालले पनि स्तरिय फुटवल खेल्दै आइरहेको छ । गत महिना दक्षिण एशियाको च्याम्पियन वनेको नेपाल आज उच्च मनोवलका साथ मैदान उत्रिदैछ । एशियाका ४३ राष्ट्रलाई १० समुहमा विभाजन गरि प्रतिष्पर्धा गराइने प्रतियोगितमा, नेपाल समुह इ मा रहेको छ ।

समुह इ मा नेपालसँगै आयोजक देश इरान, कुवेत र जोर्डन रहेका छन । नेपालले आफ्नो दोस्रो खेलमा १७ गते कुवेत र १९ गते जोर्डनसँग प्रतिष्पर्धा गर्नेछ । समुहका विजेता, सवै समुहमध्येवाट उत्कृष्ट  ५ उपविजेता र आयोजक देश वहराइन गरि १६ टोलीले अन्तिम चरणमा प्रतिष्पर्धा गर्न पाउनेछन ।

छनौट चरण पार गर्ने टोलीले अर्को वर्ष वहराइनमा हुने एशियन च्याम्पियन्सीपमा प्रतिष्पर्धा गर्नेछन । जसलाई विश्वकप छनौटको प्रतिष्पर्धा पनि भनिएको छ । ४ शीर्षमा अटाउने टोलीले सन २०१७ मा मा दक्षिण कोरियामा हुने २० वर्ष मुनिको विश्वकपमा एशियावाट प्रतिनिधित्व गर्ने अवसर पाउनेछन ।