Thaha

Tuesday 21 May - 5:10 am NST

पुलिसको भिडण्त शसस्त्र सँग


काठमाडौं, १५ असोज । राष्ट्रिय लीग फुटवलमा आज शसस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लवले प्रतिष्पर्धा गर्दैछन । दुई विभागिय टोलीको खेल सातदोवाटोको एन्फा कम्पेलेक्समा दिउँसो ३ वजे सुरु हुनेछ । १० खेलबाट १७ अंक जोडेको   एपिएफ लीगको पाचौ स्थानमा छ ।

एपिएफ भन्दा दुई खेल वढि खेलेको पुलिस १२ अङक सहित सातौ स्थानमा रहेको छ । लीगमा १३ खेल खेलेको झापा–११, २४ अङक जोड्दै शीर्ष स्थानमा छ । त्यस्तै झापा भन्दा एक खेल कम खेलेको थ्रिस्टार २३ अङक र आर्मी २१ का अंकका साथ लीगको दोस्रो र तेस्रो स्थानमा रहेका छन ।