Thaha

Tuesday 21 May - 10:44 am NST

के आर्मीले थ्रिस्टारको चुनौती पन्छ्याउला ?


काठमाडौं, १४ असोज । राष्ट्रिय लीग फुटवलमा आज थ्रिस्टारले नेपाल आर्मीको सामना गर्दैछ । सातदोवाटोमा खेल दिउँसो ३ वजे सुरु हुनेछ । लीगमा बलिया मानिएका थ्रिस्टार र आर्मीविच खेल निकै प्रतिष्पर्धात्मक हुने अनुमान गरिएको छ । उपाधि होडलाई वलियो पार्न आज दुवै टोली स्पष्ट जितको खोजिमा हुनेछन ।

११ खेलबाट २२ अङक जोडेको थ्रीस्टार दोस्रो स्थानमा छ भने समान खेल खेलेको आर्मी २० अङकका साथ तेस्रो स्थानमा छ । थ्रिस्टार र आर्मी भन्दा दुई खेल वढि खेलेको झापा–११ लीगको शीर्ष स्थानमा छ ।