Thaha

Tuesday 21 May - 12:13 pm NST

रियल मड्रिड स्वभाविक लयमा, रोनाल्डोको गोल सङख्या पांच सय

काठमाडौं, १४ असोज । च्याम्पियन्स लीग फुटवलमा स्पेनिस क्लव रियल मड्रिडले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा  युक्रेनको शक्तारलाई ४–० गोलले पराजित गरेको रियलले गएराती दोस्रो खेलमा स्विडेनको माल्मोलाई २–० गोलले पराजित  ग¥यो ।  

समुह ए मा रहेको रियलले जितसँगै नकआउट चरणको प्रवेशकोे सम्भावनलाई निकै नजिक पु¥याएको छ । रियलको जितमा दुवै गोल पोर्चुगिज स्टाइकर क्रिस्टियानो रोनाल्डोले गरे । त्यस्तै रोनाल्डोले २ गोल गरेसँगै आफ्नो गोल सङख्या  ५  सय १ पु¥याएका छन ।

३० वर्षे रोनाल्डोले खेलको २९ औं मिनेटमा र अन्तिम मिनेटमा अर्को गोल गर्दै देश र क्लबका लागि करियरको ५ सय गोल पुरा गरेका हुन  । त्यस्तै गएराती  च्याम्पियन्स लीग अन्र्तगत ईग्लीस क्लव म्यानचेष्टर युनाईटेड र म्यानचेष्टर सिटी विजय भएका छन । युनाईटेड र सिटीले दुवै  जर्मन क्लव वल्फवर्ग र व्रुसियालाइ २–१ गोलले पराजित गरे ।