Thaha

Tuesday 21 May - 2:30 pm NST

एशिया च्याम्पियनसीपको छनौट खेल्न १९ वर्ष मुनिको राष्ट्रिय फुटवल टोली इरान प्रस्थान



काठमाडौं, १३ असोज । १९ वर्ष मुनिको नेपाली राष्ट्रिय फुटवल टोली एशिया च्याम्पियनसीपको छनौट खेल्न आज इरान प्रस्थान गर्दैछ । वालगोपाल महर्जन र विमल घर्तिमगरको कप्तानीमा रहेको नेपाली टोली ११ वजे इरान प्रस्थान गर्ने कार्यक्रम छ ।  

गत महिना दक्षिण एशियाको च्याम्पियनसीपको उपाधि जितेको युवा टिमले समुह इ मा रहेर प्रतिष्पर्धा गर्नेछ । समुह इ मा नेपाल सँगै आयोजक देश इरान, जोर्डन र कुवेत रहेका छन । नेपालले पहिलो खेलमा पर्सी १५ गते एशियाली महारथी इरानको सामना गर्दैछ ।

त्यस्तै १७ गते कुवेत र १९ गते जोर्डनको सामना गर्नेछ । एशियाको ४३ राष्ट्रलाई १० समुहमा विभाजन गरेर खेलाईने प्रतियोगितामा समुहका १० विजेता र ५ उत्कृष्ट उपविजेताले एशियाली च्याम्पियनसीप खेल्न पाउने छन ।