Thaha

Tuesday 21 May - 10:24 am NST

च्याम्पियन्स लीगमा वार्सिलोनाको जित, चेल्सी र आर्सनल पराजित


काठमाडौं, १३ असोज । च्याम्पियन्स लीग फुटबलमा गएराती भएको खेलमा साविक विजेता बार्सिलोना विजयी भएको छ । वार्सिलोनाले आफ्नै घरेलु मैदान नाउ क्याम्पमा जर्मन क्लव वायर लिभरकुसेनलाई एक गोलका विरुद्ध दुई गोलले पराजित ग¥यो ।

५ पटकको च्याम्यिन्स लीगको विजेता बार्साले जितसँगै अघिल्लो चरणको प्रवेशलाई वलियो वनाएको छ । च्याम्पियन्स लीगको समुह इ मा रहेको वार्सा जित सँगै समुहको शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै लीग अन्र्तगत गएराती भएका अन्य खेलमा इङगल्याण्डका दुई क्लव चेल्सी र आर्सनल पराजित भएका छन ।

ग्रिसको ओलम्पिक्सले आर्सनललाई ३–२ पन्छ्याउदा,  पोर्चुगलको एफ सी  पोर्टोले चेल्सीलाई २–१ गोलले पाखा लगायो । यसैगरि  स्पेनको भ्यालेन्सियाले फ्रान्सको लिओनलाई १–० तथा  जर्मनको बायर्न म्युनिखले क्रोसियाको डिन्मो जागरेवलाई ५–० गोलको फराकिलो अन्तरले पराजित ग¥यो । २ पटकको च्याम्पियनस लीगको विजेता वार्यन म्युनिख जितसँगै अघिल्लो चरणको नजिक पुगेको छ ।