Thaha

Saturday 27 April - 9:43 pm NST

आइएसमा आबद्ध संघसंस्था र ब्यक्तिमाथि प्रतिबन्ध लगाउने अमेरिकाको तयारी


काठमाडौं, १३ असोज । अमेरिकाले विद्रोहि समुह इस्लामिक स्टेट आइएसमा आबद्ध संघसंस्था र ब्यक्तिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले ७० औ महासभालाई सम्बोधन गर्दै  आईएससँग आबद्ध तीन फ्रान्सेली र चार बेलायती नागरिकका साथै केही रुसी नागरिकका र ३५ वटा समूहलाई आतंकवादीको श्रेणीमा राखेको घोषणा गर्नुभयो  ।

आइएसको आर्थिक र भौतिक गतिविधीलाई छिन्न भिन्न पु¥याउने उद्देश्यले उनीहरुमाथि प्रतिबन्ध लगाउन लागेको राष्ट्रपति ओवामाको भनाई छ । महासभामा चरमपन्थी बिरोधी सम्मेलनको आयोजना गरिएको थियो । रुसले भने चरमपन्थी बिरोधी सम्मेलनको कुनै औचित्य नभएको भन्दै सम्मेलनमा सम्बोधन गर्न आनाकानी गरेको थियो । अमेरिका र फ्रान्सले विद्रोहि समुह आइस विरुद्ध सक्रिय साथ अघि वढेपनि रुसले भने आइस विरुद्ध कुनै ठोस कदम चाल्न सकेको छैन ।।