Thaha

Tuesday 21 May - 10:38 am NST

मनाङको भिडण्त आर्मीसँग

काठमाडौं, १२ असोज । राष्ट्रिय लीग फुटवलमा आज नेपाल पुलिस र सुुदुरपश्चिम तथा मनाङ मस्र्याङदि र नेपाल आर्मी विच प्रतिष्पर्धा हुदैछ । पहिलो खेलमा साढे १२ वजे सातदोवाटोको एन्फा कम्पेलेक्समा पुलिस र सुदुरपश्चिम भिड्ने छन । ३ पटक लीग  च्याम्पियन बनेको पुलिस पछिल्ला वर्ष खराव प्रदर्शनवाट गुज्रिएको छ ।

यो सिजनको लीगमा पनि पुलिसले राम्रो खेल्न सकेको छैन । ११ खेल खेलेको पुलिस १२ अङकका साथ लीगको पुछारबाट तेस्रो स्थानमा छ । पहिलो पटक लीगमा सहभागि भएको सुदुरपश्चिमको प्रदर्शन भने मध्यम खालको छ । १३ खेल खेलेको सुदुरपश्चिम १४ अङकका साथ लीगको छैठौ स्थानमा छ । त्यस्तै एन्फा कम्पेलेक्स मै दिउँसो साढे ३ वजे मनाङले आर्मीको सामना गर्नेछ ।

मनाङ १० खेलवाट १९ अङक जोड्दै लीगको तेस्रो स्थानमा छ । मनाङ भन्दा तिन खेल वढि खेलेको झापा–११, २४ अंकका साथ लिगको शिर्ष स्थानमा छ भने १ खेल वढि खेलेको थिस्टार  २२ अङकका दोस्रो स्थानमा छन । आर्मी १० खेलवाट १७ अङकका साथ पाचौ स्थानमा छ ।