Thaha

Tuesday 21 May - 10:21 am NST

एभर्टनको तेस्रो जित


काठमाडौं, १२ असोज । ईग्लीस प्रिमियर लीग फुटवलमा गएराति भएको खेलमा एभर्टनले वेष्टव्रोमलाई हराएको छ ।  एभर्टनले वेष्टव्रोमलाई ३–२ गोल अन्तरले हराएको हो ।

जितपछि एभर्टन १२ अङकका साथ लीगको पाचौ स्थानमा उक्लिएको छ भने पराजित वेष्ट व्रोम ८ अङकका साथ  पन्ध्रौ  स्थानमा यथावत छ । एभर्टनले लीगको ३ खेलमा जित ३ मा वरावरी र एक खेलमा हारको नतिजा निकाल्दा, वेष्ट व्रोमले २ खेलमा जित २ मा वरावरी र ३ खेलमा हार व्यहोरेको छ ।

 प्रिमियर लीगमा सातौ चरणका खेल सकिदासम्म म्यानचेष्टर युनाइटेड १६ अङकका साथ लीगको शीर्ष स्थानमा छ । १ अङकले पछि रहेको म्यानचेष्टर सिटी दोस्रो स्थानमा छ । समान १३–१३ अङक जोडेका वेष्ट ह्याम र आर्सनल गोल अन्तरका आधारमा क्रमश. लीगको तेस्रो र चौथो स्थानमा रहेका छन । खराव प्रदर्शनवाट गुज्रिरहेको साविक विजेता चेल्सी भने ८ अङकका साथ लीगको पन्ध्रौ स्थानमा रहेको छ ।