Thaha

Wednesday 22 May - 3:39 am NST

म्यानचेष्टर सिटीको लज्जास्पद हार

म्यानचेष्टर सिटीको लज्जास्पद हार 
काठमाडौ, १० असोज । ईग्लीस प्रिमियर लीग फुटवलमा म्यानचेष्टर सिटीले लज्जास्पद हार व्यहोरेको छ । गएराती भएको खेलमा टोटन ह्यामले सिटीलाई ४–१ गोलले हरायो । यो सिटीको लीगमा लगातार दोस्रो हार हो । यसअघि सिटी वेष्ट ह्याम सँग २–१ गोलले पराजित भएको थियो । हारपछि  सिटी १५ अङकका साथ लीगको दोस्रो स्थानमा झरेको छ भने विजयी टोटेनह्याम १२ अङकका साथ पाचौ स्थानमा पुगेको छ ।  

गएरातीनै  उपाधि दावेदार म्यानेचेष्टर युनाईटेडले सण्डरल्याण्डलाई ३–० गोलले पराजित गर्यो । म्यानेचेष्टर युनाईटेड  १६ अङकका साथ लीगको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनले लिसेष्टरलाई ५–२, लिभरपुलले एष्टन भिल्लालाई ३–२,  स्वान्सीले साउथ ह्याम्पटनलाई ३–१, स्टोक सिटीले वर्न माउथलाई २–१ गोलले हराउँदा, न्युक्यासल युनाईटेड र चेल्सी तथा नरविच र वेष्ट ह्यामले दुई दुई गोलको वरावरी  खेले ।।