Thaha

Wednesday 22 May - 12:30 am NST

वार्सिलोना विजयी

वार्सिलोना विजयी
काठमाडौ, १० असोज । स्पेनिस लालीगा फुटवलमा वार्सिलोना विजयी भएको छ । गएराती भएको खेलमा लस पालमासलाई २–१ गोल अन्तरले हराउँदै वार्सिलोना १५ अङकका साथ लीगको दोस्रो स्थानमा उक्लिएको छ ।

वार्सालाई जिताउन लुइस स्वारेजले खेलको २५ औं र ५४ आं  मिनेटमा गोल गरे । त्यस्तै गएराती भएका खेलमा उपाधि दावेदार रियल मड्रिड माल्गासँग गोलरहित वरावरीमा रोक्किदा, अर्को  उपाधि दावेदार एथ्लेटिक मड्रिडलाई भिल्ला रियलले १–० गोलले पराजित ग¥यो । त्यस्तै सेभिल्लाले रायो भालेनोलाई ३–२ गोल अन्तरले पराजित गर्दा, सेल्टा भिगो र इवरले एक एक गोलको वरावरी खेले ।