Thaha

Monday 29 April - 4:21 pm NST

१५ वर्षभित्र विश्वबाट गरीबी र भोकमरी समाप्त गर्ने–राष्ट्रसंघ

 १५ वर्षभित्र विश्वबाट गरीबी र भोकमरी समाप्त गर्ने–राष्ट्रसंघ
काठमाडौं, ९ असोज । संयुक्त राष्ट्रसंघले महत्वकाक्षी सहश्राव्दी बिकास लक्ष्य पारित गरेको छ । आगामी १५ वर्षभित्र विश्वबाट गरीबी र भोकमरी समाप्त गर्ने महत्वकाक्षी योजना सहतिको सहश्राब्दी विकास लक्ष्य पारित भएको हो ।

लैंगिक समानता र सम्मानित जीवन यापनसहितको अधिकार विश्वका सबै नागरिकलाई पुर्याउने लक्ष्य पनि सहश्राब्दी बिकास लक्ष्यमा समेटिएको छ । विश्वका १९३ देश सदस्य रहेको राष्ट्रसंघको महासभाले सबै राष्ट्रका प्रतिनीधिको उपस्थितीमा सहश्राव्दी विकास लक्ष्य पारित गरेको हो ।

जस अन्र्तगत जलवायु परिवर्तनको असर कम गर्नेसहित १ सय ६९ वटा लक्ष्य तय गरिएको छ । जसमा गरीबी र भोकमरी पुर्ण रुपमा उन्मुलन, उच्च शिक्षा, लैगिक समानता, स्वच्छ शहर तथा समुदाय, स्वच्छ पानी र सरसफाई लगायत विषय समेटिएका छन् ।

सबै राष्ट्रका प्रतीनिधिबीचको गहन छलफल पश्चात यि लक्ष्य तय गरिएको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव बानकी मुनले सहश्राव्दी बिकास लक्ष्यलाई स्वीकृत गर्नुभएको छ ।