Thaha

Wednesday 22 May - 3:17 am NST

व्लाटरको विवाद चुलिदैं

व्लाटरको विवाद चुलिदैं
काठमाडौं, ९ असोज । स्वीस खबरहरुका अनुसार स्विजरल्यान्डका महान्यायधिवक्ताले फिफाका अध्यक्ष सेप ब्लाटर विरुद्ध अपराधिक अनुसन्धान सुरु गर्न आदेश दिएका छन । विवादमा छाइरहने फिफा अध्यक्षले केहि महिनाअघि मात्र पुन निर्वाचित भएपनि पद छाड्ने कुरा व्यक्त गरेका थिए ।

अधिकारीका अनुसार ब्लाटरविरुद्ध अपराधिक व्यवस्थापनको आरोप लाग्न सक्ने बताइएको छ । फुटबलसम्बन्धि गतिविधिमा भ्रष्टाचारजन्य कसूर गरेको आशंकामा कार्वाही थालिने अधिकारीले वताएका छन ।  

१७ वर्ष देखि लगातार फिफाको नेतृत्व गदै आउनु भएका ७९ वर्षिय ब्लाटरले भने आफूले कुने गैरकानूनी कार्य नगरेको दावी गर्दै आउनुभएको छ । फिफाले भ्रष्टाचारसम्बन्धि जुनसुकै अनुसन्धानमा सघाउनेृ प्रतिक्रिया दिएको छ ।