Thaha

Tuesday 21 May - 5:25 pm NST

मनाङ स्वभाविक लयलाई निरण्तरता दिने योजनामा

मनाङ स्वभाविक लयलाई निरण्तरता दिने योजनामा 
काठमाडौं, ९ असोज । राष्ट्रिय लीग फुटवलमा आज साविक विजेता मनाङ मस्र्याङदीले लुम्विनी फुटवल क्लवको सामना गर्दैछ । एन्फा कम्पेलेक्स सातदोवाटोमा हुने खेल, दिउँसो ३ वजे सुरु हुनेछ । स्वभाविक लयमा रहेको मनाङलाई आजको खेल महत्वपुर्ण छ । आजको खेल जितेमा मनाङलाई उपाधि होड्मा सहयोग पुग्नेछ । ९ खेल खेलेको मनाङ १६ अङक सहित लीगको तेस्रो स्थानमा छ ।

मनाङ भन्दा २ खेल वढि खेलेको  झापा ११ एक्काईस अङकका साथ लीगको शीर्ष स्थानमा छ भने एक खेल वढि खेलेको थ्रिस्टार १९ अङक सहित दोस्रो स्थानमा रहेको छ । यता खराव प्रदर्शनवाट गुज्रिरहेको लुम्विनीले १२ खेलवाट ८ अङक जोड्दै लीगमा पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

 लीग अन्र्तगत आज हुने अर्को खेलमा नेपाल पुलिसले मोरङ फुटवल क्लवको सामना गर्दैछ । मोरङको लक्ष्मी मार्ग रगंशालामा हुने खेल दिउँसो ३ वजे सुरु हुनेछ ।