Thaha

Wednesday 22 May - 3:24 am NST

राष्ट्रिय लीग रोमाञ्चक वन्दै , उपाधि होड् खुल्ला

राष्ट्रिय लीग रोमाञ्चक वन्दै , उपाधि होड् खुल्ला 
काठमाडौं, ८ असोज राष्ट्रिय लीग फुटवलमा आज नेपाल आर्मि र झापा ११ ले प्रतिष्पर्धा गर्दैछन । झापाको डोमलाल राजवंशी रंगशालमा हुने खेल,  दिउँसो ३ वजे सुरु हुनेछ । हिजो हुने तय भएको खेल वर्षाले मैदान हिलाम्मे भएपछि आजका लागि सारिएको एन्फाले जनाएको छ । ११ खेल खेलेको झापा–११, १८ अङक सहित लीगको दोस्रो स्थानमा छ भने ९ खेल खेलको आर्मि तेस्रो स्थानमा रहेको छ । आर्मिको  १७ अङक रहेको छ ।

 दुवै टोली आजको खेल जित्दै लीगको शिर्ष स्थानमा उक्लने दाउकासाथ मैदान उत्रदैछन । हिजो भएका खेलमा थ्रिस्टार, मनाङ र नेपाल पुलिस विजय भएका थिए । यो नतिजाले राष्ट्रिय लिगमा उपाधि होड खुल्ला भएको छ । आर्मी भने उपाधि दोवेदारीमा अन्य भन्दा निकै आक्रामक रुपमा अघि बढिरहेको छ । थ्रीस्टार, मनाङ र एपिएफले उसलाई टक्कर दिंदा झापा भने लय समात्नका लागि संघर्षरत रहेको छ ।

उपाधि दावेदार टिमले स्वभाविक प्रदर्शनको लय समातेसँगै लिग रोमाञ्चक वन्दै गएको छ । शिर्ष स्थानमा रहेको थ्रिस्टारले १० खेलवाट १९ अङक जोडेको छ भने अर्को उपाधि दावेदार मनाङले ९ खेलवाट १६ अङक जोडेको छ ।