Thaha

Monday 29 April - 9:38 pm NST

मक्कामा भागदौड मच्चिदा ७ सय १७ जनाको मृत्यु

काठमाण्डौं, ७ असोज । साउदी अरबको पवित्र शहर मक्कामा हजका क्रममा भागदौड मच्चिदा मर्नेको सँख्या ७ सय १७ पुगेको छ । ८ सय ६३ जना घाईते भएको साउदी अरबको नागरिक सुरक्षा निर्देशनालयले जनाएको छ । मिना ईलाकामा राक्षसको प्रतिकस्वरुप ठड्याईएको खम्बामा ढुँगा हान्ने क्रममा भागदौड मच्चिएको थियो ।

मक्कामा ढुँगा हान्नु राक्षसको विरोधको प्रतिक मानिन्छ । राक्षसको प्रतीक तीनवटा ठुला खम्बाको रुपमा उभ्याईन्छ । सोही खम्बालाई एकजना हजयात्रीले ३ वटा ढुँगा प्रहार गर्छन् । हजयात्राको आज अन्तिम दिन पनि हो । मुस्लीम धर्मावलम्बिहरुले साउदी अरबमा आज बकर ईद अर्थात ईद उल फित्र मनाईरहेका छन् । झण्डै २० लाख हजयात्री यसपटक साउदीको मक्का पुगेका छन् ।

यसअघि गत साता मक्काको अलहरम मस्जिदमा क्रेन खस्दा १ सयजनाको मृत्यु भएको थियो । साउदीका राजा सलमान हिजोदेखी मक्कामै छन् । आजको घटनालगत्तै उनले राहत र उद्धारको काम सुरु गराएका थिए । सन् २००६ मा पनि राक्षसको प्रतिमुर्तीलाई ढुँगा मान्नेक्रममा भागदौड मच्चिदा ४ सय जना भन्दा धेरैको मृत्यु भएको थियो ।